Tag Archives: अन्तरराष्ट्रिय महिला दिवस

नेपालमा अन्तरराष्ट्रिय महिला दिवस

अन्तरराष्ट्रिय महिला दिवस (International women’s day) महिला जागरूकता सम्बन्धी दिवस ८ मार्चमा विश्वभर मनाइन्छ । अन्तरराष्ट्रिय महिला दिवस राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । अन्तरराष्ट्रिय महिला दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाइ मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाइ अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

यो बर्ष पनि मार्च आठको दिन संसार भरिका महिलाहरुले यो दिवस मनाउदै छन् । यो बर्ष नेपालको लागि राष्ट्रिय नारा “लैगिक मैत्री संबिधान महिला हिंसाको निदान” रहेको छ ।इतिहास हेर्ने हो भने २९ फेब्रुअरि सन् १९०९ ताका सयुक्त राष्ट्र संघमा केहि जागरुक महिलाहरुबाट थालनी भएको थियो ।

640px-Frauentag_1914_Heraus_mit_dem_Frauenwahlrecht

त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा १७ देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको महिलाहरुको बृहत भेला भएको थियो । ति साहसिक महिलाहरुबाट श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनु पर्ने, बिभिन्न अन्याय, अत्याचार, शोषण, दमन, हिंसा, लैगिक र अमानबीय ब्यबहारहरु प्रति संघर्ष अघि बढाउने कार्यको थालनी भएको थियो । फलस्वरुप लैगिक विभेद , सामाजिक, शैक्षिक , राजनीतिक , सांस्कृतिक , आर्थिक क्षेत्रहरुमा भएको शोषण र विभेदको बिरुद्धमा अन्तराष्ट्रिय स्तर सम्म प्रभाव जमाउन सफल भए   र सन् १९११ मा  बिभिन्न राष्ट्रमा पहिलो पटक दिवस मनाउने क्रम थालनी भएको थियो ।

यहि क्रमलाई निरन्तरता दिदै रशियामा १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए । यसै समय देखि सबै युरोपेली राष्ट्रमा  सोहि दिन उक्त दिवसलाई मनाउन थाले । सन् १९१७ मा रसियामा विश्वयुद्धको बिरुद्ध , शान्तिको निम्ति , रोटीको निम्ति , प्रेमको निम्ति , महिलाहरुको मत अधिकारको निम्ति तथा सबै क्षेत्रमा समान हक अधिकार प्राप्तिको निम्ति मार्च आठकै दिन आवाजलाई  बुलान्दित पारेका थिय। फलस्वरूप रसियाका नारीहरुले मत अहिकार सुनिश्चित गराउन सफल भएका थिए ।

यसरि सन् १९१७ देखि १९७६ सम्म  र  सन् १९७७ मा संयुक्त राष्ट्र संघले  सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर आठ मार्चकै दिन प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरेको थियो । त्यसपश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिदै अन्तरराष्ट्रिय महिला दिवस (International women’s day)  आजको अवस्थासम्म आइपुगेको हो।

Source: Wiki