Category Archives: My writings

संगालो

  • दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश नेपाल हो ।
  • सगरमाथा मा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हो ।
  • संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टोबर १९४५ मा भएको थियो ।
  • विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर “Y” जस्तो छ ।
  • २०१८ फिफा विश्वकप रसियामा आयोजना हुँदैछ ।
  • भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ ।
  • भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा हुन् ।
  • रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो ।
  • खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईमा शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ ।
  • काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ ।
  • नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्‍लामा पर्दछ ।
  • डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।
  • स्वयम्भूको पुरानो नाम पद्मकण्ठगिरी हो ।
  • सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६ मा भएको थियो ।
  • झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ तर जब यो बाहिर आउँछ अक्सिजनले यसलाई निलो बनाइदिन्छ ।
  • विश्वको सबैभन्दा लामो नदी नाइल नदीको लम्बाई ६६५० किलोमिटर छ ।
  • सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।
  • हवाइयन वर्णमालामा जम्मा १२ वटा मात्र अक्षर छन ।
  • भारत र श्रीलंकाबीच समुद्रको ३० किमी लामो पूललाई ‘एडम्स ब्रीज’ भन्छन ।
  • मैथली भाषा विश्वमा बढि बोलिने भाषा मध्य २६ औं स्थानमा छ ।
  • उँटको दुध जम्दैन वा फाट्दैन ।
  • जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो ।
  • सबैभन्दा अल्छी चरा ढुकुर हो ।
  • पछिल्लोपटक पटक गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५०३ गैंडाहरू रहेका छन् ।
  • सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्‍यो ।
  • संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् ।
  • अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर ‘इ’ हो भने सबैभन्दा कम प्रयोग हुने अक्षर ‘क्यु’ हो ।
  • सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउ्टै अंग्रेजी अक्षरबाट हुन्छ ।
  • सर्वप्रथम कफी इथियोपियामा पत्ता लागेको थियो ।
  • बिक्रम सम्बत २०५१ मा नेपालमा प्रथम पटक मिस नेपाल प्रतियोगि‍ता आयोजना भएको थियो ।
  • ल्यापटपका आविश्कारक बिल मग्रिज हुन ।
  • सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो ।
  • बिल गेट्स हाल विश्वका सबै भन्दा धनी व्यक्ति हुन ।
  • स्वीडेनकी किकी ह्याकन्सन पहिलो विश्वसुन्दरी हुन ।
  • सबैभन्दा बढी पटक फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी हुन ।
  • कोरियन गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको गित गङ्नम स्टाइल युट्युबमा सन २०१३मा सबैभन्दा बढि हेरिएको गित हो ।
  • विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन ।
  • चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात फेब्रुअरी २००४ मा भएको हो ।
  • विश्वको सबैभन्दा ठुलो जनावर निलो व्हेल हो ।
  • सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन ।
  • विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन् । उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् ।
  • विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् ।
  • विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।
  • नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन् ।
  • सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोहि महिला श्रीमती पासाङ ल्हामु शेर्पा हुन् ।
  • विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो ।
  • नेपालको पहिलो महिला सम्पादक साधना प्रधान र कुमारी कामाक्षादेवी हुन् ।
  • नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्रलक्ष्मी हुन् ।
  • रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन् ।
  • नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन् ।
  • सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन् ।
  • विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन् ।
  • प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन् ।
  • नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा हुन् ।
  • नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२ सालमा प्रकाशन भएको थियो ।
  • नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरवारको ढोका हो ।
  • विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो ।
  • विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
  • धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२मा गराएका हुन् ।
  • तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ ।
  • नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल हो ।
  • कलियुग पौष कृष्ण औँसी बाट सुरु भएको मानिन्छ ।
  • गणेशमान सिंहको वाल्यकालको नाम हिराकाजी थियो ।
  • नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ ।
  • श्री पशुपतिनाथ लाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ ।
  • नेपालको पहिलो प्रधानमन्त्रि भिम्सेन थापा हुन ।
  • नेपालमा १८५ प्रकारका माछा पाइन्छन् ।
  • सप्त बुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸ काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन् ।
  • थर्ड पोल (Third Pole) नामले सगरमाथालाई चिनिन्छ ।
  • स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो ।
  • हिम चितुवा (Panthera Uncia) नेपालको संरक्षित स्तनधारी बन्यजन्तु हो ।
  • सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इन्डिया कम्पनी बीच भएको थियो ।
  • माछा संरक्षण केन्द्र पोखरामा छ ।
  • गाईको ३२ वटा दन्त हुन्छन ।
  • भालुको ४२ वटा दन्त हुन्छन।
  • स्विजरल्याण्डमा प्रति वर्ष प्रति व्यक्ति १० किलो गर्न बराबरको चकलेट खान्छन् ।
  • हिमपहाडको ९०% भाग पानी भित्र हुने गर्दछ ।
  • अष्ट्रेलियालाई पहिला नयाँ हल्याण्ड भनिन्थ्यो ।
  • मानिसको औसत मस्तिष्कमा करिब ७८% पानी हुन्छ ।
  • भ्यागुताले आफ्नो आँखा खुला राखि खाना निल्न् सक्दैन ।
  • हरेक दिन संसारको कुनै न कुनै देशमा विदा भएको हुन्छ ।
  • डटपेनको अविष्कारक जोन जे. लाउड हुन् ।
  • नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा २०६४ असार २३ दिख प्रारम्भ गरेको हो ।
  • चियामा टेनिस नामक विषालु क्षारिय तत्व हुन्छ ।
  • खुट्टामा जिव्रो हुने जीव पुतली हो ।
  • मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम आँखा झिम्काउने कार्य हो ।
  • जिब्रोको भित्री भागले तीतो स्वाद थाहा पाउँछ ।
  • रुघा संसारकै सबैभन्दा बढी सर्ने रोग हो ।
  • डेविड फिलो र जेरी याङ्ग याहुका संस्थापकहरू हुन् ।
  • अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा ४ डलर जरिवाना तिर्नु पर्ने नियम छ ।
  • विचित्र नामको गुफा गुल्मी जिल्लामा अवस्थित छ ।
  • नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार गोपाल प्रसाद रिमाल हुन् ।
  • जापान विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक हो ।
  • भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ मूल सर्वास्ति विनय हो ।
  • नेपालको चितवनमा अन्तराष्ट्रिय हात्ति पोलो खेल नियमित रुपमा हुने गर्दछ ।
  • माइक्रोसफ्ट कर्पोरेशन संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो ।
  • अल्वर्ट आइन्स्टाइनलाई इजरायल देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ।
  • चाल्र्स डार्बिनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा व्याख्या गरेको मानिन्छ ।
  • पृथ्वीको गति भन्दा परमाणु घडी ०.९ सेकेन्डले चलाख हुन्छ ।
  • नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत वि.सं. २०६६ मंसीर १ देखी वितरण गर्न थालियो छ ।
  • फिलामेन्ट बत्तीको आयु १००० घण्टा हुन्छ ।
  • हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास हिलियम हो ।
  • भारतीय संसद परिषदमा दुर्गा मल्ल (नेपाली व्यक्ति) को सालिक रहेको छ ।
  • जटापोखरी ताल सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
  • नेपालको सबैभन्दा होचो भाग मुसहरनिया ५९ मि. (धनुषा) हो ।
  • इतिहासका पिता भनि हेरोडोटसलाई भनिन्छ ।
  • क्यालकुलेटरका अविष्कारक पास्कल हुन् ।
  • घरमा हुने सामान्य कुराकानीमा ३० डेसिबल ध्वनी उत्पन्न हुन्छ ।
  • नेपालको अन्तरिम संविधान, २०६३ वि.सं. २०६३ माघ १ जारी भयो ।
  • संयुक्त राष्ट्र संघको महासभाको अध्यक्ष हुने पहिलो महिला विजया लक्ष्मी पण्डित (भारत) हुन् ।
  • विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक भारत हो ।
  • नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी सर एडमण्ड हिलारी हुन् ।
  • ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका जे.के. रोलिङ हुन् ।
  • प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र लेबनान हो ।
  • नेपालको राष्ट्रियगानमा ४६ शब्द र १२८ अक्षर छन् ।
  • संयुक्त राष्ट्र संघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक बेलायत हो ।
  • विश्वको प्रथम लिखित संविधान अमेरिकाको हो ।
  • महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको सबैभन्दा लामो पूल हो र यो झापा जिल्लामा पर्दछ ।
  • कुखुराको अहिलेसम्मको सबैभन्दा लामो उडानको रेकर्ड १३ मीटर हो ।
  • हात्ती एकमात्र उफ्रिन नसक्ने स्तनधारी प्राणी हो ।
  • बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ ।
  • फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवानगौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।
  • पछिल्लोपटक पटक गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५०३ गैंडाहरू रहेका छन् ।
  • कोरियन गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको गित गङ्नम स्टाइल युट्युबमा सन २०१३मा सबैभन्दा बढि हेरिएको गित हो ।
  • रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन् ।
  • तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ ।
  • सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इन्डिया कम्पनी बीच भएको थियो ।
  • भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ । Mumbai suburban railway emu 5.JPG
  • विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् ।
  • विश्वमा अन्त कतै नपाइने काडे भ्याकुर नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर (Spiny Babler) नेपालमा मात्र पाइने पंक्षी हो । विशेष गरी ललितपुरको गोदावरी र धादिङको उत्तरी भेगमा पाइने गरेको छ । काँडे भ्याकुर समुद्र सतहबाट १२ सय मिटरभन्दा माथि रहेका पश्चिम नेपालको डोटी र राराताल वरपर र  चितवनमा पनि न्युन संख्यामा मा फेला परेको छ ।
  • नेपालको सबैभन्दा पुरानो मन्दिर स्वयंभूनाथ हो ।
  • पञ्चैबाजामा ट्याम्को, दमाहा, शहनाई, झ्याली र नरसिंहा पर्दछन् भनें नौमती बाजामा दुई शहनाई, दुईदमाहा, ट्याम्को, झ्याली, ढोलक, करनाल र नरसिंहा पर्दछन् । पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि। 
  • प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो ।

(संगालोमा नयाँ तथ्यको लागी तपाईको सुझाव छ भने सुझाव पृष्ठमा राख्नुहोला – संयोजक)

Continue reading

Advertisements

नेपालमा अन्तरराष्ट्रिय महिला दिवस

अन्तरराष्ट्रिय महिला दिवस (International women’s day) महिला जागरूकता सम्बन्धी दिवस ८ मार्चमा विश्वभर मनाइन्छ । अन्तरराष्ट्रिय महिला दिवस राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । अन्तरराष्ट्रिय महिला दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाइ मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाइ अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

यो बर्ष पनि मार्च आठको दिन संसार भरिका महिलाहरुले यो दिवस मनाउदै छन् । यो बर्ष नेपालको लागि राष्ट्रिय नारा “लैगिक मैत्री संबिधान महिला हिंसाको निदान” रहेको छ ।इतिहास हेर्ने हो भने २९ फेब्रुअरि सन् १९०९ ताका सयुक्त राष्ट्र संघमा केहि जागरुक महिलाहरुबाट थालनी भएको थियो ।

640px-Frauentag_1914_Heraus_mit_dem_Frauenwahlrecht

त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा १७ देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको महिलाहरुको बृहत भेला भएको थियो । ति साहसिक महिलाहरुबाट श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनु पर्ने, बिभिन्न अन्याय, अत्याचार, शोषण, दमन, हिंसा, लैगिक र अमानबीय ब्यबहारहरु प्रति संघर्ष अघि बढाउने कार्यको थालनी भएको थियो । फलस्वरुप लैगिक विभेद , सामाजिक, शैक्षिक , राजनीतिक , सांस्कृतिक , आर्थिक क्षेत्रहरुमा भएको शोषण र विभेदको बिरुद्धमा अन्तराष्ट्रिय स्तर सम्म प्रभाव जमाउन सफल भए   र सन् १९११ मा  बिभिन्न राष्ट्रमा पहिलो पटक दिवस मनाउने क्रम थालनी भएको थियो ।

यहि क्रमलाई निरन्तरता दिदै रशियामा १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए । यसै समय देखि सबै युरोपेली राष्ट्रमा  सोहि दिन उक्त दिवसलाई मनाउन थाले । सन् १९१७ मा रसियामा विश्वयुद्धको बिरुद्ध , शान्तिको निम्ति , रोटीको निम्ति , प्रेमको निम्ति , महिलाहरुको मत अधिकारको निम्ति तथा सबै क्षेत्रमा समान हक अधिकार प्राप्तिको निम्ति मार्च आठकै दिन आवाजलाई  बुलान्दित पारेका थिय। फलस्वरूप रसियाका नारीहरुले मत अहिकार सुनिश्चित गराउन सफल भएका थिए ।

यसरि सन् १९१७ देखि १९७६ सम्म  र  सन् १९७७ मा संयुक्त राष्ट्र संघले  सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर आठ मार्चकै दिन प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरेको थियो । त्यसपश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिदै अन्तरराष्ट्रिय महिला दिवस (International women’s day)  आजको अवस्थासम्म आइपुगेको हो।

Source: Wiki

Aside

THE GAP I DON’T CARE My dad has first saw airplane When he had completed his grade ten In my case, I first flew on air When I was at the age of months ten. My dad first touched or … Continue reading

Rate this:

Aside

नेपालमा बालबालिका र बाल–अधिकार उमेर, परिपक्वता, परिवारको स्थिति, वाता वरण, सक्षमता, अनुभव र उनीहरूले पाएका अवसर, सामाजिकीकरणका आधारमा बालबालिकाको परिभाषामा विविधता हुन्छ तर १८ वर्षभन्दा कम उमेरका सबै बालक वा बालिका हुन् – महासन्धि, धारा : १  ।  नेपालमा करिब ४८ प्रतिशत … Continue reading

Rate this:

Turn House Into A Sweet Home !!

Turn House Into A Sweet Home !!

1. Ira Sharma

Mom, whenever you  are around
I may bother you asking many questions
I may irritate you asking to do the things
I may get angered to you for not fulfilled needs
It is all, I feel, because of closeness between two of us.

When you are away
I realize the closeness between me and you
That’s why, I guess I miss you
So the reason, I wanna kiss you
It is because I love you.

In your absence,
I keep your photograph in school bag
At night, I change its place to the bed-rack
I am so lucky that I have a mom like you
Every day I miss you, I love you.

Living with only Daddy
Its little okay, little funny, little spicy
Sometimes, even taste so salty
Yet, it’s more timely, up-to-date and tidy.

He is a father, more as friend to play
He cares how I breathe, dress and play
Furthermore, how I prepare for rest of the day
If I ask anything else
Anytime, anything; he can spell
He tries to make me fun
From rising to the setting sun
Still, he is a man, I am woman
So, the conflicts of interests come time and again.

The best time, I feel ever
While we all do the things together
Helping each other
Riming, rooming, roaming and shopping together.

But leaving us all alone, when you go away
The home turns into house and gives feeling like in sub-way
Everywhere, I found something is lack.
Somewhere, something, I found blank
Thereupon, my feeling says, together with Mom
Only, we can turn our house into a sweet home.

Thank you