नेपालमा पानी


जलस्रोत नेपालको प्रमुख प्राकृतिक श्रोत हो । नेपालको समग्र विकासको लागि जलस्रोतको दिगो एवं उचित तवरले उपयोग हुनु जरुरी हुन्छ। हालसम्म जलस्रोतको उपयोगबाट करीब ११ लाख हेक्टर जमीन सिञ्चित भैसकेको छ । त्यसैगरी जलविद्युतको क्षेत्रमा पनि ६०६ मेगावाट विद्युतको उत्पादन गरिनुका साथै करीब ७१% जनतालाई पिउन योग्य पानी उपलब्ध गराउन सकिएको छ । देशमा उपलब्ध जलस्रोतको उपयोगले सम्पूर्ण सिँचाई योग्य जमीनमा वर्षौभरी सिँचाई सुविधा उपलब्ध गराउनुका साथै करीब ४३,००० मेगावाट जलविद्युत उत्पादन गर्न सकिने देखिन्छ । यसैगरी उपलब्ध जलस्रोतबाट घरेलु, औद्योगिक, जलपरिवहन, जलचर तथा मनोरञ्जनात्मक आदि समग्र क्षेत्रमा आवश्यक पर्ने पानीको मागलाई समेत पूर्ति गर्न सकिन्छ ।

जलस्रोत सम्बन्धी विभिन्न पुस्तक अनुसार पृथ्वीमा उपलब्ध पानीमध्ये ९७.२ प्रतिशत खान अयोग्य नुनिलो र बाँकी करीब ३ प्रतिशत (३.५ करोड घनकिलोमिटर) मात्र खानयोग्य छ । खानयोग्यमध्ये पनि २.९ घनकिलोमिटर बरफको रूपमा छ। एक जना मानिसलाई सरल रूपले जीवन धान्न करीब ३००० घनलिटर पानी चाहिन्छ । तर मानिसको जीवन धान्न ४२ लाख घनकिलोमिटर मात्र पानी पृथ्वीमा उपलब्ध छ । त्यसैले क्षेत्रफलको हिसाबले पृथ्वीको ०.१ प्रतिशत भू–भाग ओगटेको नेपालमा स्वच्छ पानी भने ०.४५ प्रतिशत छ ।

जनसंख्याको हिसाबले नेपालमा पानीको उपलब्धता अनुपात प्रतिव्यक्ति ७००० घनलिटर छ । नेपालमा सालाखाला ६ हजार नदीनालाबाट वार्षिक २२५ अर्ब घनमिटर पानी बगेर जान्छ । हालसम्म नेपालको ६६ प्रतिशत जनसंख्याले पाइपबाट नदीनालाको पानी उपयोग गरेका छन् भने कुल १७ लाख ६६ हजार हेक्टर जमिनमध्ये ११ लाख ९४ हजार ६२८ हेक्टरमा मात्र सिंचाइ पुगेको छ । पानीबाट नेपालमा ८३ हजार मेगावाट बिजुली निकाल्न सक्ने भनिए पनि अहिलेसम्मको उत्पादन ६०० मेगावाट मात्र छ ।

(साभार: हिमाल खबर पत्रिका र नेपाली विकिपीडिया बाट) ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s