Aside

नेपालमा बालबालिका र बाल-अधिकार


नेपालमा बालबालिका बालअधिकार

fotoउमेर, परिपक्वता, परिवारको स्थिति, वाता
वरण, सक्षमता, अनुभव र उनीहरूले पाएका अवसर, सामाजिकीकरणका आधारमा बालबालिकाको परिभाषामा विविधता हुन्छ तर १८ वर्षभन्दा कम उमेरका सबै बालक वा बालिका हुन् – महासन्धि, धारा : १  ।  नेपालमा करिब ४८ प्रतिशत बालबालिका (१८ वर्षमुनिका करिब एक करोड २० लाख) रहेका छन् । ५४ प्रतिशत बालिकाको १५ वर्ष नपुग्दै र ५१ प्रतिशतको १८ वर्ष नपुग्दै बिहे हुन्छ । दुब्ला–पातला बालबालिका २६ प्रतिशत छन् । ३९ प्रतिशत बालबालिका रक्तअल्पताबाट पीडित छन् । झन्डै १७ प्रतिशत बालिका विद्यालय जाँदैनन् । यस्तै ७४ प्रतिशत विद्यालयमा केटा र केटीका लागि छुट्टाछुट्टै शौचालय छैन । पाँच हजार बालबालिका सडकमा जीवनयापन गरिरहेका छन् । यस्तै हरेक सय बालबालिकामध्ये ३३ जना बालबालिका शारीरिक हिंसा सहन बाध्य छन् । प्रत्येक महिना १६ वर्षमुनिका २० जना बालबालिका बेचिईन्छन्।

नेपालमा बाल-अधिकार
बालअधिकारसम्बन्धी महासन्धि सन् १९८९ तथा यसका दुई ऐच्छिक आलेखहरू, निकृष्ट प्रकारको बालश्रमसम्बन्धी महासन्धि नं. १८२ जस्ता अन्तर्राष्ट्रिय दस्तावेज, सार्कस्तरमा भएका घोषणालगायतमा नेपालले आफ्नो प्रतिबद्धता जनाएर अन्तरिम संविधानले समेत बालअधिकारलाई मौलिक हक अन्तर्गत समेटेको छ र बाल सहभागिता सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति  तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि ०६८ तयार गरेको छ ।

बालमैत्री शासन
बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताजस्ता बालअधिकारका सवाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिलाई बालमैत्री स्थानीय शासनका रूपमा व्याख्या गरिएको छ । बालमैत्री स्थानीय शासनका उद्देश्यहरूमा बालबालिका सुरक्षित भई बाँच्न पाउने हक, बालबालिकाको संरक्षण सम्बन्धी हक, बालबालिकाको विकाससम्बन्धी हक, बालबालिकाका लागि आधारभूत सेवा प्रवाह र योजना तर्जुमासम्बन्धी निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता तथा उनीहरूको आवाजको सुनुवाइ रहेको छ ।

अब के गर्ने त ?
नेपालमा कानुनीरूपमा १६ वर्ष भन्दा कम उमेरका केटा वा केटीलाई बाल-बालिकाको सङ्ज्ञा दिइएको छ । त्यसैले बाल-बालिकालाई श्रमिक बनाउनु अवैधानिक, अनैतिक र समाज विरोधी कार्य हो । यति हुँदाहुँदै पनि गरिबीका कारण अधिकांश बाल-बालिकाहरू विभिन्न कलकारखाना, रेष्टुरेन्ट, होटलका साथ-साथै हुनेखाने व्यक्तिहरूका घरमा काम गर्न बाध्य छन् । पुस्तक, कापी र कलम च्यापेर विद्यालय जानुपर्ने बेलामा उनीहरू कामको थुप्रो बोकेर बाँच्न विवश छन् । गरिबीका कारणले बाल-बालिकालाई बाबु-आमा स्वयंले काम गर्न राखिदिने चलनले उनीहरूको शिक्षा, स्वास्थ्य, खाना, लुगाजस्ता आवश्यकताहरू पूर्ति गरिएको छैन । यदि, साच्चै नै बाल-बालिकाको हित र अधिकारका लागि काम गर्ने हो भने र बालअधिकार सुनिश्चित भएको समाज निर्माण गर्ने हो भने बाल-बालिकाको विकासकालागि भनिएका कुराहरू व्यवहारमा लागू गर्न आवश्यक छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s